एपीएम खुला टेबल टेनिस पुसमा
काठमाडौँ, मङ्सिर २३ गते । प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिता पुसको पहिलो हप्ता आयोजना हुने भएको छ । नेपाल एपीएम टेबल टेनिस प्रालिले बिहीबार पत्रकार सम्मेलन गरेर प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगतामा पुरुषको एकल, महिला एकल, मिक्स डबल्स, पुरुष भेट्रान्स (४० वर्ष, ५० वर्ष र ६० वर्षमाथि), ब्वाइज एकल यू–१६ र गल्र्स यू–१६ गरी आठ स्पर्धामा समावेश गरिएको एपीएम टेबल टेनिस प्रालिका निर्देशक दानबहादुर महताले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभागीय टोलीको नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब सहित देशभरका अन्य क्लबका गरी तीन सय २० खेलाडीको सहभागिता रहने बताईएको छ ।
प्रतियोगितामा महिला र पुरुषको एकलतर्फको विजेतालाई १० हजार, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई २५ सय रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल टेबल टेनिस संघले प्राविधिक सहयोग गर्नेछ ।