महेशलाई बडिबिल्डिङमा स्वर्ण
काठमाडौँ, मङ्सिर २७ गते । मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण पदक तित्नुभएको छ । उहाँले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जित्नुभएको हो ।
चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जित्नुभयो । नेपालकै सफल गुरुङ चौथो हुनुभयो । उक्त स्पर्धामा १४ खेलाडी सहभागी भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
यसैगरी बडिबिल्डिङकै पुरुष ६० केजीमा नेपालका बलु खड्काले कांस्य जित्नुभयो । उहाँको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । १३ प्रतिस्पर्धी सहभागी स्पर्धामा हङकङका लाइ चि मेङ पहिलो र फिलिपिन्सका मानुएल पेड्रो दोस्रो हुनुभयो । प्रतियोगितामा एक सय दुई खेलाडीले सहभागिता जनाएको बताइएको छ ।