ब्याडमिन्टनमा कुमारी बैंक र बिद्युत प्राधिकरणको विजयी सुरुवात
काठमाडौँ, पुस ६ गते । कुमारी बैंक र नेपाल बिद्युत प्राधिकरणले काठमाडौँ टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेको छ । राखेप कभर्डहल कोर्टमा मंगलबार भएको खेलमा कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० ले हरायो ।
पुरुष एकलतर्फ उच्च बरियताका पुरुष खेलाडीबीचको खेलमा कुमारी बैंकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकालाई २१–१८, २१–१९ ले पराजित गर्नुभयो । नेपाल बिद्युत प्राधिकरणलेआईएमई ग्रुपमाथि ३–२ को कठिन जित निकाल्यो । पुरुष एकलतर्फ आईएमईका नविन श्रेष्ठले बिद्युतका दीपक बोहरालाई २१–१४, २१–१६ ले हराउनुभयो ।
महिलातर्फ सुनैना मुखियाले संझना शर्मालाई २१–९, २१–११ ले पराजित गर्नुभयो । कर्पोरेट युगलतर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल र महेश स्वाँरलाई २१–१५, २७–२५ ले हराउनुभयो ।
यसैगरी महिला एकलतर्फ नङशल तामाङले शोभा चन्दलाई २१–१२, २१–१५ ले पछि पार्नुभयो । डबल्समा बिद्युतकी शोभा गौचन र याम कुमारी गुरुङको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङशल तामाङको जोडीलाई २१–११, २१–१२ ले हराउनुभयो । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्नुभयो ।