खेलकुद |

बंगलादेश जाने कराते टोलीलाई बिदाई

काठमाडौँ, पुस ७ गते । बंगलादेशमा डिसेम्बर २७ देखि २९ तारिखसम्म आयोजना हुने बिजी कराते च्याम्पियनसिप सहभागी हुन जाने कराते टोलीलाई बुधबार बिदाई गरिएको छ ।

बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघले मुजिबको सयौँ जन्मोत्सवको उपलक्षमा च्याम्पियनसिप आयोजना गरेको हो । च्याम्पियनसिपका नेपालका राजदेव बमजनले ६५ केजी, धेजेन डोल्मा तामाङले ४५ केजी, ग्याल्मो सोमिका लामाले ३५ केजी, युरोदिश रोकाले ६० केजी, पासाङ तामाङले ७० केजी, रविन्द्र कुँवरले खुला र उमेश भण्डारीले ५५ केजीमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

१५ सदस्यीय नेपाली टोलीमा निर्णायकमा छत्रबहादुर आलेमगर, रामचन्द्र गुरुङ, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ, गणेशलाल श्रेष्ठ हुनुहुन्छ । मुजिबको सयौं जन्मोत्सवको उपलक्षमा आयोजना गरिएको च्याम्पियनसिप २७ देखि २९ डिसेम्बरसम्म हुनेछ । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बिदाई गर्नुभयो ।