मिरा राई रारा म्याराथनको सद्भावना दुत
काठमाडौँ, पुस १३ गते । कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मिरा राई रारा म्याराथनको सद्भावना दुत बन्नुभएको छ । म्याराथनको आयोजक अन्तराल इभेन्टले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राईलाई सद्भावना दुत नियुक्त गरिएको जानकारी दिएको हो ।
राईले नयाँ खेलाडीलाई प्रोत्साहन गर्न आफु सद्भावना दुतको रुपमा दौडमा सहभागि बन्न लागेको बताउनुभयो । ‘म नयाँ खेलाडीलाई प्रोत्साहन गर्न उनीहरुसँगै दौडने छु । तर, प्रतियोगीको रुपमा होइन,’ मिराले भन्नुभयो ।
बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर आयोजना गरिन लागिएको म्याराथनको मुख्य उद्येश्य पश्चिम नेपाललाई खेलकुदको माध्यामबाट पनि पर्यटकीय गन्तब्य बनाउनु रहेको आयोजक समितिका अध्यक्ष जयनारायण शाहले बताउनुभयो ।
म्याराथनमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछ । अन्तरालले विगत १५ बर्षदेखि खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।