खेलकुद |

सोलो माउन्टेन बाइक राइड गर्दै लामा

काठमाडौँ, पुस २१ गते । माउन्टेन बाइक राइडर मंगलकृष्ण लामाले कञ्चनजंघा हिमालको आधार शिविरमा सोलो माउन्टेन बाइक राइड गर्नुहुने भएको छ । कठिन उच्च उचाईमा हुने राइड अप्रिल पहिलो साताबाट सुरु गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा मंगलकृष्ण लामाले बताउनुभयो ।

‘जीएचटी अन ह्वील’ नाम दिईएको लामाको राइड एक हजार सात सय किलोमिटर दूरीको हुनेछ । कञ्चनजंघा हिमालको काखबाट सुरुहुने राइड हुम्लाको हिल्सा पुगेर सकिने जानकारी पनि लामाले दिनुभयो ।

राइडको मुख्य उद्येश्य कोभिड–१९ को महामारी र जलवायु परिवर्तनको चुनौतीबारे जनचेतना जगाउनु, पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा संरक्षणमा गर्नु रहेको उहाँले बताउनुभयो । राइड पूरा गर्न ८० लाख रुपियाँ लाग्ने पनि बताईएको छ ।