ढाका म्याराथन टोलीको विदाई
काठमाडौँ, पुस २१ गते । बंगलादेशको ढाकामा यही जनवरी १० तारिख हुने बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा सहभागी हुने नेपाली टोलीलाई बिहीबार विदाई गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रमबीच खेलाडी टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले विदाई गर्नुभयो । म्याराथनमा नेपालबाट महिलातर्फ पुष्पा भण्डारी तथा पुरुषतर्फ किरणसिंह बोगटी र नरेन्दसिंह रावतले प्रतिस्पर्धा गर्नुहुनेछ ।
पुष्पाले गत संस्करणमा स्वर्णपदक जित्नुभएको थियो । टोलीको प्रशिक्षकमा चन्द्रबहादुर गुरुङ हुनुहुन्छ । नेपाली टोली शुक्रबार ढाका प्रस्थान गर्नेछ । म्याराथनमा १५ भन्दा वढी देशका धावकको सहभागिता रहनेछ ।