खेलकुद |

नाडाललाई कीर्तिमानी उपाधि

काठमाडौँ, माघ १५ गते । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनिस स्टार राफेल नाडालले जित्नुभएको छ । मेलवर्नमा आइतबार साँझ सम्पन्न फाइनलमा नाडालले रुसी खेलाडी ड्यानियल मेड्भेडेभलाई हराउनुभयो ।

रोचक फाइनलमा पाँचौँ वरीयताका नाडालले दोस्रो वरीयताका मेड्भेडेभलाइ २–६, ६–७ (५–७), ६–४, ६–४, ७–५ ले हराउनुभयो । पाँच घण्टा २४ मिनेट चलेको भिडन्त नाडालले सुरुको दुई सेट गुमाएपनि पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्नुभएको थियो । यससँगै नाडालले कीर्तिमानी २१औं ग्रान्डस्लाम उपाधि हात पार्नुभएको छ । पुरुष एकलतर्फ उहाँ सर्वाधिक ग्रान्डस्लाम जित्ने एक्लो खेलाडी पनि बन्नुभयो ।

नाडालको यो दोस्रो अस्ट्रेलियन ओपन उपाधि हो । सन् २००३ बाट ग्रान्डस्लाममा डेब्यु गर्नुभएका नाडालले १३ पटक फ्रेन्च ओपन, दुई पटक विम्बलडन र चार पटक युएस ओपन जित्नुभएको छ । यसअघि यस कीर्तिमान रोजर फेडेरर, नोभाक जोकोभिच र नाडालकै नाममा थियो । एजेन्सी