पुष्पलाल स्मृति ब्याडमिन्टनमा १० स्पर्धा
काठमाडौँ, माघ १७ गते । ११औँ संस्करणको पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० स्पर्धा समावेश गरिएको आयोजक नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्नेछ । प्रतियोगितामा ४७ जिल्ला, नेपाली सेना, नेपाल पुसिल र नेपाल एपिएफ क्लब गरि ५० संस्थाका खेलाडीहरुले सहभागिता रहने संघका महासचिव सुनिल मान शाक्यले जानकारी गराउनुभयो ।
प्रतियोगितामा पुरुष एकलतर्फ राष्ट्रिय वरीयतामा १६औँ स्थानमा रहेका, पुरुष एकल १६औँ वरीयतादेखि बाहेकका, पुरुष युगल खुला, महिला एकल राष्ट्रिय वरीयतामा १२औँ स्थानसम्म रहेका, महिला एकल १२औँ वरीयता बाहेकका, महिला युगल, यू–१७ महिला तथा पुरुष एकल खुला, भेट्रान्स ४५ बर्षमाथि र मास्टर्स ५५ बर्षमाथि खुलागरी १० स्पर्धा समावेश गरिएको पनि शाक्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप १५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । क्वाटरफाईनलमा विजयी हुने खेलाडीले आठ हजार, सेमिपाmइनलमा पुग्नेले १६ हजार तथा विजेताले थप २० हजार र उपविजेताले थप पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।
अन्य विधाका विजेतालाई पनि आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । ब्याडमिन्टन खेलको विकाससँगै खेलाडीहरुको वरीयता निर्धारण गर्न प्रतियोगिता फलदायी हुने विश्वास पनि आयोजकले गरेको छ ।