खेलकुद |

नेपालका तीन खेलाडीलाई पदक

काठमाडौँ, माघ १९ गते । अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् ।

अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले स्वर्ण जित्नुभयो । उहाँले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । पुम्सेमै सञ्जीव नेपाल र सन्दीपा अमगाईले रजत पदक जित्नुभएको छ । सञ्जीवले ३०–४० वर्ष उमेर समूहमा रजत पदक जित्नुभएको हो ।

यस स्पर्धामा मकाउका काइ ल्योङ यीपले स्वर्ण जित्नुभयो । सन्दीपाले भने १८–३० वर्षको उमेर समूहमा रजत जित्नुभयो । यस स्पर्धामा पनि मकाउकै कावामासँगले स्वर्ण जित्नुभएको छ । प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायत देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।