मोटर स्पोर्ट्सको प्रोमो सार्वजनिक
काठमाडौँ, फाल्गुन ९ गते । नेपाल अटोमोबाइल्स एसोशिएसन (नासा नेपाल) ले मोटर स्पोर्ट्स अन्तर्गत आफ्नो बार्षिक खेल ईभेन्टको प्रोमो सार्वजनिक गरेको छ । मोटर स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टीको क्षेत्रमा सक्रिय नासाले आफ्नो वार्षिक क्यालेन्डरमा रहेका विभिन्न खेल ईभेन्टको प्रोमो सार्वजनिक गरेको हो ।
काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयको बृहत्त छलफल गरेर नासाले आइतबार आफ्ना ईभेन्टको प्रोमो र क्यालेन्डर सार्वजनीक गरेको जनाएको छ । नासाले आर्थिक वर्ष ७८–८९ र ८९–८० का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागिता, आयोजना र आबद्धता गरी तीन प्रकारको इभेन्ट समावेश गरेको छ ।
युवामाझ लोकप्रिय रहेको मोटरसाईकल रेसिङ रेसमान्डु, मोटरसाईकलकै अफरोड रेसिङ ईभेन्ट क्रसमान्डु, नेपाल रोड रेस च्याम्पियनसिप जस्ता ईभेन्ट बार्षिक क्यालेन्डरमा रहेका छन् । यसैगरी महिलातर्फ राईडरको रुपमा रेसनारी ट्यालेन्ट ट्रफी, नेपाल मोटर स्पोर्टस र्याली, क्रस इभेन्ट माउन्ट एभरेस्ट अटोक्रस तथा ट्रान्स–हिमालयन एडभेन्चर स्पर्धा राखिएको छ ।
नासा नेपालकै पहिलो मोटरिङ ईभेन्ट सिन्सियर सिटिजन मोटर र्यालीलाई यस पटकदेखि टुरमान्डुको नयाँ ब्राण्डको रुपमा आयोजना गरिने पनि बताईएको छ । नेपाली ड्राइभरले एसिया प्यासिफिकमा राम्रो छाप छाडेको अटो जिमखानाको केही ईभेन्टलाई नेपाल अटो जिमखाना च्याम्पियनसिपको नाममा आयोजना गरिने नासा नेपालले उल्लेख गरेको छ ।