ओलम्पियनलाई दुई दिने अभिमुखिकरण तालिम
काठमाडौँ, फाल्गुन १२ गते । नेपाल ओलम्यिन संघको आयोजनामा नेपालका ओलम्पियन खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि दुई दिने अभिमुखिकरण (स्किल डेभलप्मेन्ट ट्रेनिङ) कार्यक्रम सुरु गरेको छ ।
ललितपुर स्थित नेपाल ओलम्पिक कमिटीको केन्द्रिय कार्यालयमा बिहीबारदेखि सुरु भएको कार्यक्रम शुक्रबारसम्म चल्नेछ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले उद्घाटन गर्नुभयो ।
संघले नेपालबाटओलम्पिक खेलमा सहभागिता जनाएका खेलाडीको अनुभव साट्नुका साथै ओलम्पियनहरुलाई पब्लिक स्पिकिङ, योगा, मेडिटेशन र खेल मनोविज्ञानसम्बन्धी जानकारी दिन पहिलो पटक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको अध्यक्ष दीपक बिष्टले बताउनुभयो । ओलम्पियनहरुलाई रोजेश पाण्डेले पब्लिक स्पिकिङ, पुस्कर पन्तले योगा र मेडिटेशन तथा डा. प्रकाश प्रधान र इन्द्र गुरुङले खेल मनोविज्ञान बारे प्रशिक्षण दिने बताईएको छ ।