ब्याडमिन्टनमा दीपक र दिपेन पहिलो
चन्द्र पन्दाक
ताप्लेजुङ, फाल्गुन १५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सम्पन्न जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा दीपक तिवारी र दिपेन गुरुङको जोडी पहिलो भएको छ । फाइनलमा बसन्त गुरुङ र सागर गुरुङको जोडीलाई पराजित गर्दै तिवारी र गुरुङको जोडी पहिलो भएको हो ।
सिनियर अर्थात खुल्ला ‘ए’ समूहतर्फ प्रथम बन्न सफल तिवारी र गुरुङको जोडीले ट्रफी, मेडलसहित ४० हजार पाँच ५५ रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता बन्न सफल बसन्त र सागरको जोडीले ३० हजार पाँच सय ५५ रुपियाँमा चित्त बुझाउनुभयो ।
जुनियर अर्थात खुल्ला ‘बी’ समूहतर्फ मेरिङ्देन गाउँपालिकाका युवराज बोगटी र रमेश चोङ्बाङको जोडी पहिलो भयो । युवराज र रमेशको जोडीले ३५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो । दोस्रो बन्न सफल मेरिङ्देन गाउँपालिकाकै विकास तामाङ र गजेन्द्र नाल्बोको जोडीले २५ हजार पाँच सय ५५ रुपियाँ प्राप्त गर्नुभएको छ ।
कर्मचारीतर्फ पाथीभरा याङ्वरक गाउँपालिकाका केशव पौडेल र शिवकुमार काम्बाङको जोडी च्याम्पियन बन्यो । मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोग र मिक्वाखोला ब्याडमिन्टन संघको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो ।