खेलकुद |

इन्द्र एसियन युथ बक्सिङको क्वार्टरफाइनलमा

काठमाडौँ, फाल्गुन १८ गते । जोर्डनको अम्मानमा जारी एएसबीसी एसियन युथ बक्सिङ च्याम्पियनशीप अन्तर्गत नेपालका इन्द्र बहादुर सुनारले पहिलो चरणमा बाई पाउनुभएको छ । ६० केजी तौल समूहको पहिलो चरणमा बाई पाएपछि इन्द्र क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । सेमिफाइनल प्रवेशका लागि इन्द्रले मार्च ७ तारिखमा कीर्गिस्तानका ओरोजबेकोभ अल्माजको सामना गर्नुहुनेछ ।

नेपालबाट ५४ केजी समूहमा छिरिङ वाङदी शेर्पाले उज्बेकिस्तानका अब्दुभाली बुरीबोएभसँग, महिलाको ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा स्वस्तिका तिरुवाले भारतीय बक्सर याकसिकाविरुद्ध खेल्ने नेपाल बक्सिङ संघले जनाएको छ । मार्च १५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षकमा दिपक महर्जन हुनुहुन्छ ।