मेयर कप टेबलटेनिस ललितपुरमा
काठमाडौँ, फाल्गुन २३ गते । तेस्रो संस्करणको मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि ललितपुरमा सुरु हुने भएको छ । प्रतियोगिातमा ललितपुर महानगरपालिकाका २९ वडाका पाँच सय ५० खेलाडीको सहभागिता रहने आयोजक ललितपुर जिल्ला टेबलटेनिस संघले जानकारी दिएको छ ।
संघका अनुसार २८ गतेसम्म चल्ने प्रतियोगिातमा पुरुष टिम, पुरुष एकल, पुरुष डबल्स, महिला एकल, मिक्स डबल्स, ब्वाइज र गल्र्स जुनियर यू–१६, भेट्रान्स पुरुष एकल (४० वर्ष माथि), भेट्रान पुरुष एकल (५० वर्ष माथि), भेट्रान्स पुरुष एकल (६० वर्ष माथि) र महिला भेट्रान्स एकल (४० वर्ष माथि) गरी १२ स्पर्धा समावेश गरिएको बताईएको छ ।