खेलकुद |

राजेन्द्र र निकी च्याम्पियन

काठमाडौँ, फाल्गुन २९ गते । छैठौं झिल्टुङ क्रसकन्ट्री दौडमा नेपाल एपीएफ क्लबका राजेन्द्र तामाङ र महिलातर्फ धरानकी निकी नेवान्ग लिम्बु च्याम्पियन बन्नुभएको छ । नुवाकोटमा शनिबार भएको पुरुष १३.५ किलोमटिर दौडमा रामजी बस्नेत दोस्रो र भिम बहादुर गुरुङ तेस्रो हुनुभयो । महिलातर्फ नितु तामाङ दोस्रो र छोकी शेर्पा तेस्रो हुनुभयो ।

१३.५ किमी स्थानिय पुरुषतर्फ सुजन श्रेष्ठ पहिलो, विमल थापामगर दोस्रो र राजीव नेपाल तेस्रो हुनुभयो । ४.५ किमी छात्र जुनियर खुलामाबिश्वराम पहिलो, अशोक बराम दोस्रो र सुमन शेर्पा लिम्बु तेस्रो हुनुभयो । छात्रातर्फ सरस्वती बोहोरा, मनिषा गिरी र गोमा बुढामगर क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।

स्थानिय ४.५ किमि छात्रतर्फ पवन राई र छात्रामा सपना श्रेष्ठ तथा स्थानिय पुरुष ४५ बर्षमाथि राजेन्द्र प्रसाद नेपाल, ४.५ किमी आमा समूहमा कमला श्रेष्ठ र भेट्रान खुला १३.५ किमी दौड किर्तीपुरका धर्म महर्जन पहिलो हुनुभयो । प्रतियोगितामा महिला र पुरुषसहित तीनसय ८० जनाको सहभागिता रहेको थियो ।