खेलकुद |

हलिउड तेक्वान्दोको २७औँ स्थापना दिवस

काठमाडौँ, फागुन ३० गते । अमेरिकाको पोर्टल्यान्डमा रहेको हलिउड तेक्वान्दो स्कुलको २७औँ स्थापना दिवस सोमबार विविध कार्यक्रम गरी मनाइएको छ । हलिउड तेक्वान्दो स्कुलले वर्षका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई ट्रफी वितरण गर्नुअघि खादा ओढाएर सम्मान गरेको थियो ।

हलिउड तेक्वान्दो स्कुल नेपालका पूर्व राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले स्थापना गरेको तेक्वान्दो स्कुल हो । ग्रान्डमास्टर महर्जनले सन् १९९५ मा युएस वल्र्डक्लास तेक्वान्दो, हलिउड स्कुल स्थापना गर्नुभएको हो ।

उहाँले यस स्कुलमा चार नेपालीसहित २५० भन्दा बढी तेक्वान्दो प्रशिक्षार्थी नियमित प्रशिक्षणमा रहेको जानकारी दिनुभएको छ । हलिउड तेक्वान्दो स्कुलले अमेरिकामा नेपालको परिचय दिने काम गर्दै आएको छ ।