कोमामा पुगेको पर्यटन क्षेत्र उकास्न केन्द्रित हुनेछौं
तारा चापागाइँ दुबे
पोखरा, असोज ११ गते । कोरोना कहरबीच आज विश्व पर्यटन दिवस मनाईदैछ । हरेक वर्ष २७ सेप्टेम्वरका दिन यो दिवस विश्वभर मनाईने गरिन्छ । पोखरा नेपालको प्रमुख पर्यटकीय राजधानी समेत हो । कोरोनाका कारण थलिएर कोमामा पुगेको पर्यटन क्षेत्र उकास्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । धराशायी हुन लागेको पर्यटन क्षेत्रलाई कसरी बचाउने भन्नेमा सरकारको ध्यान केन्द्रित रहेको मुख्यमन्त्री गुरुङ बताउनुहुन्छ । कोरोनाका कारण गरिएको लकडाउनका कारण सवै क्षेत्रमा यस्को असर पुग्यो र प्रायः सवै क्षेत्र ठप्प समेत रहे । लकडाउनका कारण सबैभन्दा धेरै असर यातायात क्षेत्रलाई पनि पर्यो । पर्यटनको विकास भनेकै एक स्थानका मानिस अर्को स्थामा जानु हो । यातायातनै ठप्प रहेपछि मानिहरु एक स्थानबाट अर्को स्थानमा जान पाउने कुरै भएन जस्का कारण पर्यटन क्षेत्र धराशायी भयो ।
संघ सरकारले यसलाई पुरानै अवस्थामा फर्काउन मौद्रिक नीतिमा समेट्न आग्रह गरियोे र त्यसले धेरै कुरा समेट्यो पनि । प्रदेश सरकारले समेत आवश्यक राहतको प्याकेज ल्याउनका लागि चालु वर्षको बजेटमा विभिन्न कामका लागि बजेट विनियोजन गरेको छ । आर्थिक उपार्जनको लागि पर्यटनलाई हामीले मुख्य आधारको रुपमा समेत लिएका छांै । यो सँगै कृषि, उद्योग ,यातायात सबैलाई बचाउन हामीले काम सुरु गरेका छांै । पर्यटन सँगै सबै क्षेत्रले अब पुर्नजीवनमा पाउँछन् र हामी पुनः समृद्धिको यात्रामा अघि बढ्छौं ।
एक अर्वको व्यवसाय सुरक्षा कोष
पर्यटन क्षेत्रमा लागेकालाई अडिक बनाइरहन यसमा आवद्धहरुलाई जोगाउन र पर्यटन व्यसायबाट विस्थापित हुन नदिन चालु आर्थिक वर्षको बजेटमा एक अर्वको व्यवसाय सुरक्षा कोष ल्याएको मुख्यमन्त्री गुरुङले बताउनुभयो । लगातारको लकडाउनका कारण पर्यटन क्षेत्रमा भविष्य देखेर लागेका पुराना साना तथा ठूला व्यवसायी पर्यटन क्षेत्र छोडेर हाल अस्तव्यस्त बनेको छन् । यस क्षेत्रममा लागेका जनशक्ति जोगाउन सँगै उनिहरुलाई टिकाउनका लागि प्याकेजका विभिन्न कार्यक्रम ल्याएको मुख्यमन्त्रीले बताउनुभयो । यसका लागि कार्यविधि तयार हुँदै गरेको र बनेपछि सोही अनुसार सरकार अघि बढ्ने भनाई उहाँको छ ।
नेपाल सुरक्षित गन्तव्य
हाल अन्य देशमा भन्दा नेपाल सुरक्षित रहेको र यस्को जानकारी विश्व समुदायमा पुरयाउनु पर्ने उहाँको भनाइ छ । अन्य शहर भन्दा पोखरा सुरक्षित छ र अन्नपूणर्, मनास्लु, धौलागिरी क्षेत्र लगायत पर्यटन क्षेत्र झनै सुरक्षित छ भन्ने सन्देश दिन सके पर्यटक भित्रयाउन समस्या नहुने उहाँको दाबी छ ।
हामी आइसोलेशन क्वारेन्टाइनमा रुमलिएका छांै, सावधानी अपनाउने माध्यम मात्र हो, भ्याक्सिन नहुँदा नियन्त्रण गर्न घर बस भनेको हो । भ्याक्सिन आएपछि विश्व पुनः यथास्थितिमा हुनेछ, सबै स्थितिलाई व्यवस्थापन गर्न सरकार लागेको छ र हामीले स्वाथ्यलाई ख्याल गर्दै गर्नु पर्ने आवश्यक कामहरु गरेका छौं ।
फेवाताललाइ सौन्दर्यकरण र सिमाङ्कन
फेवताललाई अहिलेसम्म सबैले कथा र चुनावको एजेण्डा बनाएको मुख्यमन्त्रीको आरोप छ । “काम नगर्नेे प्रचार मात्र गर्ने विरासत छ यसलाई अन्त्य गर्नुपर्छ । उहाँले गण्डकी प्रदेश सरकारले पहिलो कार्यकालमै फेवतालको जग्गा संरक्षणदेखि यसको सिमाङ्कन लगायतका विषय समाधान गरी यसको सौन्दर्यकरणको काम सम्पन्न गर्नेछौं । जसका लागि संघीय सरकार र स्थानियहरुसँग मिलेर अघि बढ्नेछांै । फेवाताललाई विश्वकै १३ औं सुन्दर तालबाट तीन नम्बरमा झार्न पहल गर्न सकिने उहाँको बुझाइ छ ।
ताल पुरिने समस्या समाधानका लागि तालमा आउने पानिको मुख्य स्रोतहरुमा चेक ड्याम निमार्णको काम लगभग सकिएको छ । ढुङगा गिटी बालुवा आउने क्रम नरोकिने हो भने ताल अस्तित्व समाप्त हुने उहाँको भनाइ छ । फेवाताल हाल आफनो पुरानो इतिहास र कथा बोकेर बसेको छ । यसका लागि प्रधानमन्त्रीसँग कुरा भइसकेको र हामीले भने र सोचे भन्दा पनि पनि बढी उहाँ ताललाई पुरानै अवस्थामा फर्काउन र भएका समस्या समाधान गर्न तत्पर रहुनभएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।
बैंकहरुले मापदण्डको कुरालाई लिएर दुःख दिइरहेका छन् भन्दै यि यावत समस्याका समाधान विस्तारै हँुदै जाने बताउदै हतोत्साहित नभई जोस र जाँगर यथावत राखेर निराश नभइ सुरक्षाका मापदण्ड अपनाएर उत्साह साथ व्यवसायमा लाग्न सवैलाई आग्रह समेत गर्नुभयो ।