पर्यटन |

‘घुमौँ सौराहा’ अभियान सुरु गरिने

वसन्त पराजुली

भरतपुर, पुस ७ गते । कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु गर्ने भएको हो ।
सङ्घले पुस १० देखि देशका विभिन्न सहर पुगेर प्रवद्र्धन कार्यक्रम गर्ने तय गरेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।
“‘घुमौँ सौराहा’ अभियान सफल बनाउन पहिलो चरणमा वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सौराहाको प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेका छौँ”, महासचिव थपलियाले भन्नुभयो, “सौराहाको महŒव र पर्यटनका क्षेत्रमा भइरहेका कामबारे उद्यमी, व्यवसायी र स्थानीय तहका पदाधिकारीलाई जानकारी गराइनेछ । ”
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाले थलो परेको चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीसहितको टोली अभियानमा निस्कँदै छ ।
सौराहाका व्यवसायीले सेवा र होटलको स्तर हेरेर घुमौँ सौराहा अभियानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
“कुन होटलले कुन सुविधाका लागि कति छुट दिने भन्ने हामी अभियानकै क्रममा जानकारी दिनेछौँ, जसले सौराहा घुम्न आउने पर्यटक ठगिन पाउने छैनन्”, अध्यक्ष भट्टराईले भन्नुभयो ।
पर्यटनविज्ञ विश्व सुवेदी अभियानले कोभिडले सौराहा क्षेत्रमा पारेको असर न्यून गर्न सके पलायन हँुदै गएको दक्ष जनशक्ति पुनस्र्थापित गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।