फस्टाउँदै ¥याफ्टिङ
पाँचथर समाचारदाता
फिदिम, चैत १ गते । तेह्रथुम पाँचथर सीमा क्षेत्रको तमोरमा ¥याफ्टिङ व्यावसाय फस्टाउन थालेको छ । फिदिमको तमोर भ्याली ट्राभल टुर एन्ड ट्रेकिङ प्रालिले तीन वर्षअघिदेखि सुरु गरेको ¥याफ्टिङ व्यवसायले अहिले राम्रो आम्दानी पनि दिन थालेको छ ।
तमोर भ्यालीले काठमाडौँको रिभर एडभेन्चर ट्रेल्स र इन्स्ट्रन ¥याफ्टिङ नेपालसँगको सहकार्यमा ¥याफ्टिङ सेवा दिइरहेको हो । गत वर्षको चैतदेखि सुरु भएको बन्दाबन्दीका कारण प्रभावित ¥याफ्टिङ सेवा माघदेखि सुचारु हुन थालेको हो । दुई महिनामा एक सय जनाले ¥याफ्टिङ गरिसकेको तमोर भ्यालीका दीपेन्द्र तुम्बापोले बताउनुभयो । यहाँको पिनासी घाटदेखि माझीटारसम्म १२ किलोमिटर दूरीमा ¥याफ्टिङ गराइन्छ । एक पटक ¥याफ्टिङका लागि तीन हजार पाँच सय रुपियाँ शुल्क उठाइने दीपेन्द्रले बताउनुभयो ।
पिनासीघाटबाट धनकुटाको मूलघाट र सुनसरीको चतरासम्म पनि ¥याफ्टिङ गराइन्छ । त्यसका लागि भने केही बढी शुल्क तिर्नुपर्छ । ¥याफ्टिङमा रमाउन स्थानीयवासीका साथै पूर्वी ताप्लेजुङ, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरीका आउने गरेका छन् । बिदाको समय र शनिबारका दिनमा भने विभिन्न कार्यालयका कर्मचारी ¥याफ्टिङ खेल्न तमोर धाउँछन् । ¥याफ्टिङमा रम्न चाहनेको सङ्ख्या बढे पनि तालिम प्राप्त गाइडर अभावकै कारण दुईमध्ये एउटा मात्र सञ्चालन गर्नुपरेको छ ।