पर्यटन |

नौ शेर्पासहित १९ जनाले गरे केटु हिमाल आरोहण

काठमाडौं, साउन १२ गते ।  विश्वकै दोस्रो अग्लो केटु हिमालको नौ शेर्पासहित १९ जना आरोहीले सफल आरोहण गरेका छन् । पाकिस्तानमा रहेको आ ठ हजार ६१० मिटरको माउन्ट केटुको मङ्गलबार विहान सफल आरोहण गरेको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर प्रालिका निर्देशक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

समर सिजनमा आरोहण गरिने केटु हिमालमा यस वर्ष नेपाली कम्पनीका तर्फबाट आरोहण आयोजना भएको थियो । आरोहण गर्ने चार जना युक्रेनी आरोही, दुई जना पाकिस्तानी आरोही, चार जना अन्य देशका आरोही र नौ जना शेर्पा गाइड रहेको शेर्पाले जानकारी दिनुभयो । आरोहणको नेतृत्व गरेका गाइड शेर्पाका अनुसार भारी हिमपात र खराब मौसमका वावजुद पनि चुचुरो पुग्न सफल भएको बताउनुभयो ।

केटु आरोहण गर्ने नेपाली शेर्पा गाइडहरुमा लाक्पा शेर्पा, मिङदोर्ची शेर्पा, पेम्वा रीता शेर्पा, ल्हाक्पा ग्याजेन शेर्पा, मिङमा दोर्ची शेर्पा, छिरिङ नाम्गेल शेर्पा, पेम्वा दोर्ची शेर्पा र टासि शेर्पा छन् । आरोहण टोलीमा पहिलो युक्रेनी महिला आरोही बन्नेभएकी आर्याना, पाकिस्तानकै कम उमेरमा आरोहण गर्ने स्योरोज लगायत छन् ।