छ जनाले गरे आमादब्लम हिमाल आरोहण
सन्तोष राउत
सोलुखुम्बु, कात्तिक २६ गते । तीन भारतीय नागरिक र तीन नेपालीको टोलीले सोलुखुम्बुमा रहेको आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । खुम्बु हिमशृङ्खलामा अवस्थित छ हजार ८१२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका हुन् ।
आमादब्लम आरोहण गर्नेहरुमा भारतीय नागरिकहरु ललित कुमार, मानस मरला र सतिस कुमार हुन् भने खोटाङ बाकाचौल घर भएका कोठेस्थित हिमालयन लजका सञ्चालक आङ्गेलु शेर्पा, बाकाचौलकै निमानुरु शेर्पा र सोलुखुम्बुका लोपेन साङ्गे शेर्पाले पनि भारतीयसँगै आरोहण गरेको आरोहण दलका टिम लिडर आङ्गेलु शेर्पाले जानकारी दिनुभयो ।
उनीहरुले आमादब्लमको शिरमा नेपाल र भारतको झण्डा फहराएका थिए । यो सिजनमा आमादब्लम लगायतका केही साना हिमाल आरोहण गर्ने गरिन्छ ।