पर्यटकले खचाखच अन्तु
इलाम समाचारदाता
इलाम, कात्तिक २८ गते । कोभिड–१९ ले लामो समय सुनसान भएको इलामको पर्यटकीयस्थल अन्तुमा आजभोलि पर्यटकले भरिएको छ । आकाश खुलेसँगै सूर्योदयको दृश्यावलोकन गर्ने मुख्य सिजन कात्तिक महिना भएकाले पनि अहिले अन्तुमा पर्यटकको खचाखच भएको अन्तु पर्यटन विकास केन्द्रले जनाएको छ ।
जिल्लामा कोभिड सङरक्रमणको दर घटरदै गएपछि पर्यटकको चहलपहल सुरु भएको अन्तुमा शुक्रबार मात्रै तीन हजारभन्दा धेरै पर्यटक भित्रिएको केन्द्रका अध्यक्ष धनकुमार आलेले बताउनुभयो । शनिबार बिदा भएकै कारण पर्यटक सधैँ पनि बढी नै आउने अन्तुमा यस पटक भने बस्ने ठाउँ पनि अभाव हुन थालेको आलेले जानकारी दिनुभयो । “करिब दुई हजार पाँच सय पर्यटक अटाउने क्षमता रहेको अन्तुमा एकै दिन तीन हजार बढी पर्यटक आएकाले कतिपय त बास बस्ने ठाउँ नपाएर फर्किएको अवस्था छ,” आलेले भन्नुभयो ।
अन्तुमा करिब ८० वटा होमस्टे, ६० भन्दा बढी होटल र कटेज रहेका छनर । होमस्टेले पर्यटकलाई एउटै दररेटमा खाना र बासको व्यवस्था गरेको बताइएको छ । बेलुका अन्तु पुगेर बास बस्ने, साँझपखको चिसोमा घुमघाम, रमाइलो र बिहान सूर्योदयको दृश्यावलोकन गरेपछि अन्तु पोखरीमा डुङरगा सयर गरेर फर्कनु यहाँ आउने सबै पर्यटकको अनिवार्य सूचीजस्तै हो ।
यहाँ पुग्ने हरेक व्यक्तिलाई अन्तुका स्थानीयवासीले गर्ने स्वागत सत्कार अलि फरक छ । अबिरको रातो टीका, खादा, फूलका ससाना गुच्छा र चिनीबिनाको असली स्वादको एक गिलास रातो चिया प्रत्येक व्यक्तिका लागि होमस्टेहरूले गर्ने सत्कारको संस्कार बसिसकेको छ यहाँ । एक रातको बासपछि बिहानको खाजा र खाना खाएर पर्यटकहरू फर्कने गरेको अन्तुका अर्का पर्यटन व्यवसायी रुद्र घिमिरे बताउनुहुन्छ ।
“अहिलेसम्म अन्तु आएर फर्कने पाहुनाले कतै गएर पनि गुनासो गरेको हामीले सुनेका छैनौँ । सकेसम्म पाहुनालाई खुसी बनाएर पठाउने गरेका छौँ, जसका कारण पुनः उहाँहरू अन्तु फर्किएर पनि आउनुहुन्छ,” घिमिरेले भन्नुभयो, “अन्तुका होमस्टे सञ्चालकहरू अन्य स्थानमा चलेका होमस्टेमा पुगेर सञ्चालनको प्रक्रिया बुझेका छौँ । त्यहाँबाट हामीले राम्रा विषय सिकेर अन्तु भित्रने पर्यटकलाई अझ राम्रो ढङरगले व्यवहार गरिरहेका छौँ । ”
यहाँका होमस्टेहरूले पर्यटकलाई गर्ने व्यवहारका कारण पनि पर्यटकबाट अन्तु टाढा नभएको अर्का व्यवसायी एकराज घिमिरे बताउनुहुन्छ । चिसो होसर अथवा गर्मी जुनसुकै समयमा पनि अन्तुमा पर्यटकहरूको आवागमन राम्रो भएकाले यहाँका होमस्टे, कटेज र होटलहरूलाई पनि सहज भएको घिमिरेको भनाइ छ । फिक्कल छिविटारबाट १४ किलोमिटर कालोपत्रे बाटो हुँदै पुग्न सकिने अन्तुमा फिक्कल अन्तुका लागि सवारीसाधन प्रशस्त हुने गरेकाले पर्यटकलाई अन्तु पुग्न समस्या नभएको बताइएको छ ।