मादी नदीमा एकै दिन पाँच हजारभन्दा बढीले गरे -याफ्टिङ
अमरराज नहर्की
तनहुँ, पुस ४ गते । मादी नदीमा सञ्चालन गरिएको -याफ्टिङमा यसका पारखीहरुको भीड लागेको लागेको छ । तनहुँको दमौलीमा आयोजित दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको अवसरमा सञ्चालन -याफ्टिङमा भीड लागेको हो । भीड लागेको कारण -याफ्टिङका लागि पालो कुर्नुपरेको छ ।
-याफ्टिङ गर्न सबैभन्दा धेरै शनिबार भीड लागेको महोत्सवका आयोजक पाटन युवा क्लबका अध्यक्ष अमर थापाले जानकारी दिनभयो । शनिबार मात्रै मादी नदीमा पाँच हजार दुई सय जनाले -याफ्टिङ गरेको अध्यक्ष थापाले बताउनुभयो । रेम्बो एडभेन्चर नेपाल पोखरासँग सहकार्य गरी मादी नदीमा छोटो तथा लामो दुरीको -याफ्टिङको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सिनियर गाईड समेत रहनुभएका सन्तोष थापा मादी नदी फराकिलो भएर बग्ने, ठाडो भूभाग थोरै भएकाले -याफ्टिङको लागि सुरक्षित भएकाले सिकारुहरुको लागि सहज हुने भएकाले रोजाई पर्ने गरेको बताउनुभयो । महोत्सवमा दर्शकको भीड लागेकाले -याफ्टिङ गर्नेको सङ्ख्या पनि वृद्धि भएको थापाले बताउनुभयो ।
¥याफ्टिङबाट सिधै नदी वारपार गर्नेलाई एक सय, घुमाएर वारपार गर्ने लाई दुई सय र दमौलीदेखि कोइदिमसम्मको करिब पाँच किलोमिटरको लागि एक हजार रुपियाँ प्रतिव्यक्ति शुल्क लिने गरिएको जानकारी सिनियर गाइड बुद्धि गुरुङले जानकारी दिनुभयो ।
सुख्यायाम भएकाले नदीमा पानीको बहाव घटेकाले पहिलो ¥याफ्टिङ सिक्नको लागि सहज भएकाले पनि भीड लागेको गाईड अस्मिन गुरुङ बताउनुहुन्छ । ¥याफ्टिङ सुरक्षित र सिक्नको सहज भएकाले तीन पटक एक पटक लामो दूरीको र दुई पटक छोटो दूरी -याफ्टिङ गरेको दमौलीकी नेहा मगरले बताउनुभयो ।