पर्यटकीय क्षेत्र सुनसान
शालिग्राम नेपाल
चितवन, फागुन २ गते । यस वर्ष प्रणय दिवसमा चितवनमा गुलाफको फूलको माग बढेको छ । युवाले पर्वका रूपमा मनाउन थालेको प्रणय दिवसमा गुलाफ फूल खरिदमा युवाको आकर्षण बढेको हो । फ्लोरिकल्चर एसोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले गुलाफको फूल खरिद गर्ने युवाको सङ्ख्या वृद्धि भइरहेको बताउनुभयो ।
एसोसिएसनका अनुसार प्रणय दिवसमा मात्रै जिल्लामा २५ देखि ३० हजार स्टिक गुलाफ फूलको माग रहेको छ । ती सबै माग भारतबाट आयात हुने गरेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । एसोसिएसनका अनुसार प्रणय दिवसमा मात्रै १५ लाख रुपियाँको गुलाफको पूmल आयात भएको छ । एसोसिएसनका अनुसार जिल्लामा नियमित फूल खेती गर्ने किसान १२ जना रहेका छन् ।
प्रणय दिवसमा खचाखच हुने सौराहाका होटल अहिले सुनसान छन् । प्रेम दिवसमा सांस्कृतिक कार्यक्रमसहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने र खान बस्न होटल जाने युवा अहिले पर्यटकीय क्षेत्रमा पुगेका छैनन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “यस वर्ष सुनसान छ । कोभिड–१९ का कारण २५ जनाभन्दा धेरै राख्न नपाइने प्रशासनले सूचना जारी गरेकाले सौराहा आउनेको सङ्ख्या घटेको हो । ”