logo
२०७९ जेष्ठ १४ शनिवार

  माओवादी केन्द्रकाे बैठक सम्पन्न  



तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

राजनीति |


तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल


काठमाडौं, माघ ८ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको शनिबार बिहान बसेको बैठक सम्पन्न भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पूर्व स्थायी समिति र आयोगका अध्यक्षहरु बसेको आजको बैठकमा आगामी स्थानीय तहको निर्वाचन सम्बन्धमा छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार आजको बैठकमा स्थानीय, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने सम्बन्धमा छलफल भएको छ । यो बैठक अनौपचारिक हो । यसमा पार्टी अध्यक्ष प्रचण्डले आगामी चुनावहरुबारे धारणा व्यक्त गर्नुभयो । यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डले निर्वाचन आयोगसँग छलफल गर्ने विषयमा छलफल भएको छ ।ढकालले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?