राष्ट्रिय समाचार समितिको भूमिका, दायित्व एवं औचित्य अझै बढेको छः सञ्चारमन्त्री गुरुङ
रासस
फाल्गुन ७, २०७७ शुक्रबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय समाचार समिति (रासस)जस्ता जिम्मेवार समाचार संस्थाले सत्यतथ्य, विश्वसनीय समाचार एवं सूचना समयमै प्रस्तुत गरी आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ । रासस स्थापनाको ६० औँ वर्ष प्रवेश गरेकामा यसका व्यवस्थापन, कर्मचारी, पत्रकार, सेवाग्राही र आम पाठकप्रति शुभकामना व्यक्त गर्दै मन्त्री गुरुङले आफ्नो सेवालाई झन् गुणस्तरीय, प्रभावकारी र व्यापक...