साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्छः उपराष्ट्रपति
रासस
फाल्गुन ५, २०७७ बुधबार
उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकारका लागि बन्ने ऐन÷कानून र आचारसंहिता प्रेसमैत्री बनाउन जरुरी रहेको बताउँदै तिनले न्यनूतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रो पत्रकारिताले कतै विश्वसनीयता गुमाएको त होइन भन्ने आशङ्का पैदा भएको छ, आशाको भन्दा निराशाको पत्रकारिता भइरहेको छ ।” साना लगानीका मिडियालाई राज्यले संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो ।