जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न मिल्दैन : सभापति देउवा
रासस
माघ २९, २०७७ बिहीबार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताउनुभएको छ ।
पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनाँै, जुलुसले हुने भए किन चाहियो अदालत ।” सभापति देउवाले काँग्रेस निर्वाचनमा...