युवासङ्घको अध्यक्षमा सिंह
रासस
माघ २७, २०७७ मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा वचनवहादुर सिंह चयन हुनुभएको छ । यही माघ २५ र २६ गते काठमाडौँमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ । सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला...