भारतमा रूसी खोप स्पुत्निक–भी एक हजार १९५ रूपैयाँमा उपलब्ध गराइने
रासस / एएनआई
जेष्ठ १४, २०७८ शुक्रबार
अपोलो समूहका अस्पतालहरूले जूनको दोस्रो हप्तादेखि कोभिड–१९ विरुद्धको रूसी खोप लगाउने भएका छन् । “हामी खोपका लागि ९९५ भारतीय रुपैयाँ लिनेछौं साथै सेवाका लागि २०० रुपैयाँ प्रशासन शुल्क लाग्ने छ,” अपोलो समूहका एक अधिकारीले बताए ।
अपोलो समूह अस्पतालका कार्यकारी उपाध्यक्ष शोबाना कामिनेनीद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “समूहले भारतमा ८० स्थानहरुबाट १० लाख मात्रा खोप लगाइसकेको छ । अग्रमोर्चामा काम गर्ने श्रमिक,...