लाहोरको प्रदर्शनले सरकारलाई अप्ठेरो पर्ने पाकिस्तानका विपक्षी दलहरुको दाबी
रासस / एएनआई
मंसिर २७, २०७७ शनिबार
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका विरुद्धमा यहाँका विपक्षीहरुले लाहोरमा गर्न लागेको विरोध प्रदर्शनले सरकारलाई अप्ठेरो पार्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्री इमरान खानले अनुरोध गरेबमोजिम सो जुलुश नरोक्ने पनि बताएका छन् । प्रधानमन्त्री खानले शुक्रबारमात्र विपक्षी दलहरुलाई सो आग्रह गर्नुभएको थियो ।