कोरोना भाइरस विरुद्धको रुसी खोप भारतमा पनि परीक्षण गरिने
रासस / एएनआई
भाद्र २२, २०७७ सोमबार
रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप भारतसहितका केही देशहरुमा पनि परीक्षण गरिने भएको छ । स्पुत्निक पाँच नाम दिइएको सो खोपको भारतसहितका केही देशमा यसै महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी लागानी कोषका प्रमुख कार्यकारी अधिकृत किरिल दिमित्रिभले सोमबार दिएको जानकारी अनुसार भारत बाहेक साउदी अरब, युनाइटेड अरब इमरेट्स् ९युएई०, फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको...