काठमाडौँको वायुमण्डलमा विष
गोरखापत्र अनलाइन
चैत्र २२, २०७७ आईतवार
सन् २०२० लाई मानव इतिहासले विश्व कोरोना महामारीको त्रासदीपूर्ण वर्षका रूपमा सम्झिनेछ । तर, यस अवधिमै विश्वस्तरमा वनमा लाग्ने डढेलोको घटना पनि इतिहासकै उच्च बिन्दुमा पुग्यो । खासगरी अमेरिका, अस्टे«लिया र ब्राजिललगायतका मुलुकका जङ्गलमा डढेलोको मात्रा ह्वात्तै बढ्यो । नेपालको लिखित इतिहासमै पनि यस वर्षको चैत महिनामा सर्वाधिक स्थानमा वनमा डढेलो लागेको रेकर्ड स्थापित भएको छ । यसले गर्दा काठमाडौँ उपत्यका र यसआसपासका...