उर्वराशक्तिको ऊर्जा
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
हरेक प्राणीको शरीरमा जीव, आत्मा भएकोले जीवात्मा भनिएको हो । जीवात्मा हुन शरीरमा प्राण हुनुपर्छ । प्राण रहिरहन शरीरको मुख्य अङ्गहरू स्वस्थ हुन जरुरी छ । शरीर स्वस्थ रहे मात्र जीवन रहने यो महìवपूर्ण जीवनलाई बचाउन शरीर स्वस्थ राख्न जरुरी छ ।
यो मानव शरीर पाँच आयामले बनेको छ । अन्न खाएर बनेको हुनाले अन्नमय कोष, जुन हामी भौतिक शरीरको रूपमा पाइरहेका छौँ । मनमय कोष, मानसिक शरीर प्राणमय कोष भनेको ऊर्जा शरीर हो । यो तीन प्रकार...