लोकतन्त्रको दिगो विकासमा सूचनाको हक
गोरखापत्र अनलाइन
भाद्र ३, २०७८ बिहीबार
आधुनिक राज्य प्रणाली र शासन व्यवस्थामा सबभन्दा बढी रुचाइएको र अवलम्बन गरिएको व्यवस्था लोकतान्त्रिक शासन व्यवस्था हो । यो शासन व्यवस्था विधि, प्रक्रिया, सहभागिता र परिणाममा आधारित हुन्छ । विधि प्रक्रियाको पारदर्शिता, सहभागितासहित परिणामको सुनिश्चिताले नै लोकतान्त्रिक शासन व्यवस्थालाई मजबुत बनाउँछ । लोकतन्त्रका विश्वव्यापी मान्यतामध्ये सूचनाको हक प्रमुख आधारशीला हो । सूचनाको हकले आमजनतालाई त्यो शासन व्यवस्थाभित्र...