सार्वजनिक सेवा प्रवाहका मोडेल
गोरखापत्र अनलाइन
भाद्र ९, २०७८ बुधबार
राज्यद्वारा आफ्ना नागरिकका लागि उपलब्ध गराइने वस्तु वा सेवा नै सार्वजनिक सेवा हो । सार्वजनिक सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको अधिकार हो भने सार्वजनिक सेवा प्रदान गर्नु राज्यको कर्तव्य हो । राज्य वा सरकारको तर्फबाट सर्वसाधारण जनतासमक्ष सेवा पु-याउने कार्य हो, सार्वजनिक सेवा प्रवाह । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिएमा मात्र मुलुकमा सुशासन कायम राख्न सकिन्छ । मुलुकको विकास र समृद्धिको आधार प्रभावकारी...