समृद्धिको मानक सामाजिक पूर्वाधार
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
लुकमा हजारौँ किलोमिटर सडक बनेका छन् । हवाई मैदान थपिएका छन् र कतिपय ठाउँमा रातको समयमा समेत जहाज उड्न थालेको छ । मुलुक सुरुङमार्गमा प्रवेश गरेको छ । लोडसेडिङ अन्त्य भएको छ । फुसका छानाहरू फेरिँदै छन् । सयौँ पुलहरू बनेका छन् । ढलेको धरहरा ठडिएको छ । भत्किएका रानीपोखरी, हजारौँ विद्यालय, अस्पताल, प्रहरी चौकी र लाखौँ नागरिकका घरहरू बनेका छन् । पूर्वाधारको क्षेत्रमा भएका यी कामहरू स्वाभाविक रूपमा प्रशंसनीय छन् ।...