कोभिड व्यवस्थापनमा ‘स्मार्ट लकडाउन’
गोरखापत्र अनलाइन
भाद्र ११, २०७८ शुक्रबार
सन् २०१९ को अन्त्यमा चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसको सङ्क्रमण संसारभर फैलिएपछि यसबाट जोगिने र सङ्क्रमणको जोखिम न्यून गराउने उपायको रूपमा लकडाउनको अभ्यास गर्ने गरिएको छ । नेपालमा २०७६ चैत ११ देखि मुलुकभर लागू गरिएको लकडाउनको आदेश समयक्रममा परिमार्जन हुँदै अधिकांश जिल्लामा कुनै न कुनै रूपमा कार्यान्वयन हुँदै आएको छ । सङ्क्रामक रोग ऐन, २०२० मा सङ्क्रामक रोगको रोकथाम वा नियन्त्रणका लागि नेपाल सरकारले...