कोरोना नियन्त्रणमा सामूहिक प्रयास आवश्यक
गोरखापत्र अनलाइन
भाद्र ६, २०७८ आईतवार
कोभिड–१९ को महामारीले विश्वमा लाखौँ मानिसको ज्यान लिइसकेको छ भने नेपालमा पनि दस हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मानव इतिहासमा नै यो महामारीको असर अति भयानक छ र मृत्युको दर अकल्पनीय बनिरहेको छ । त्यसैले यसलाई महाविपत्ति पनि भनिएको हो । केही देशलाई छाडेर धेरै देश र अझ अल्पविकसित देशको आर्थिक अवस्थालाई शून्य वा ऋणात्मक बनाई मन्दीको अवस्थाको नजिक पु¥याएको छ । नेपालको सामाजिक व्यवस्था, आर्थिक अवस्था र स्वास्थ्य पूर्वाधारको...