प्रतिनिधि सभाको प्रभाव र खतरा
गोरखापत्र अनलाइन
श्रावण २६, २०७८ मंगलवार
गत वैशाख ११ मा लोकतन्त्र दिवस मनाउँदै गर्दा जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभा जीवित थिएन । दोस्रो जनआन्दोलनबाट लोकतन्त्र स्थापनाको डेढ दशक मनाउँदै गर्दा ओली सरकारले यसअघि पनि यही कार्यकालको प्रतिनिधि सभा विघटन गरेको थियो । संसदीय गणित र राजनीति आफू अनुकूल नभएकाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते पुनः प्रतिनिधि सभा विघटन गरेका थिए । यही सेरोफेरोमा लुम्बिनी र गण्डकी प्रदेशमा पनि सदन...