सङ्घीय संरचनामा सार्वजनिक पुस्तकालय
गोरखापत्र अनलाइन
भाद्र १५, २०७८ मंगलवार
नेपालमा सङ्घीय राज्य व्यवस्थाको सुरुवातसँगै केन्द्रीय, प्रदेश र स्थानीय तहको संरचनालाई आत्मसात् गरी यी तीनै तहमा भौतिक संरचना तथा तहगत प्रणालीलाई अङ्गीकार गर्ने कामको थालनी भइसकेको छ । राज्यको राजनीतिक परिवेश, आर्थिक परिवेश एवं सामाजिक परिवेशलाई पनि यिनै तहमा विभाजन गर्ने कार्यको थालनी भइसकेको छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको अधिकार तथा कार्यक्षेत्र तोकी कामको बाँडफाँट भइसकेको परिस्थितिमा...