कोरोना, सामाजिक क्षयीकरण र आत्महत्या
गोरखापत्र अनलाइन
चैत्र २२, २०७७ आईतवार
कोभिडपश्चात्को व्यवस्थालाई सहज पार्न जापान सरकारले फेब्रुअरी १९ मा एकान्तबास मन्त्रालय (मिनिस्ट्री अफ लोन्लिनेस) गठन ग¥यो । उक्त मन्त्रालयको मुख्य जिम्मेवारी बढ्दो आर्थिक, सामाजिक, मनोवैज्ञानिक असरलाई कम गर्ने रहेको समाचारमा उल्लेख गरिएको छ । त्यहाँका युवामा आत्महत्या, मानसिक समस्याको दर निकै उच्च भएका कारणले समाजमा पु¥याउने क्षतिलाई जोगाउनका साथै भावी पुस्तामा पर्न सक्ने नकारात्मक असर कम गर्न सामाजिक सङ्घ संस्थाको...