छोराको चाहना कहिलेसम्म ?
गोरखापत्र अनलाइन
श्रावण २९, २०७८ शुक्रबार
हामी तीन दिदीबहिनी छौँ । छोरा जन्माएर छिमेकीको मुख बन्द गर्न मेरी आमाले धेरै प्रयत्न गर्नुभयो । छोराको आशमा एकपछि अर्को गर्भ लिए पनि काखमा तीन छोरी सीमित भयौँ ।
छोरा नपाउनुमा मेरी आमाको कुनै गल्ती थिएन तर समाजको आँखाले मेरी आमालाई नै दोषी देख्यो । मेलापर्म होस् या चाडपर्वमा, भेटेजतिले सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘छोराछोरी कति ?’ ‘तीन छोरी छन्’ भन्ने उत्तर पाएपछि प्रतिक्रियामा, ‘ए ! छोरी मात्रै ? छोरा छैनन् ?’ भन्ने आउँथ्यो...