logo
२०८१ मंसिर १४ शुक्रवार



मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन, सेवा आगामी वर्षदेखि

अर्थ |


मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन, सेवा आगामी वर्षदेखि


केशबराज पाैडेल

काठमाडाैँ, जेठ १५ गते । सरकारले आगामी दुई वर्षमै सबै नागरिकले पँहुचमा खानेपानी पाउने भएकाे बताएकाे छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा डा. युवराज खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गर्ने क्रममा सो घोषणा गर्नुभएको हो ।

उहाँका अनुसार मेलम्ची खानेपानीको आधारभूत कार्य सम्पन्न भएकोले आगामी वर्षमा खानेपानी आउनेछ । मेलम्ची खानेपानीको लागि पाँच अर्ब रुपियाँ बजेट विनियोजन गरिएकाे छ ।

यो वर्ष जलाशय खानेपानी सञ्चालनको लागि सबै प्रदेशको राजधानीमा खानेपानीको व्यवस्था गरिने भएको छ । त्यस्तै सिँचाइ तथा सुक्खा क्षेत्रका छ अर्ब रुपियाँकाे योजना सञ्चालन गरिने भएको छ ।
काठमाडौँ खानेपानीको विकास गर्न एक अर्ब ९९ करोड विनियोजन गरिएको उहाँले बताउनुभयो ।

खानेपानीको स्रोत तथा जलाधार क्षेत्रको विकास गरिने र त्यसको लागि तराइ मधेशको खानेपानी आर्सनिकमुक्त बनाउने अभियान समेत सञ्चालन गरिने भएको छ ।
संङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वयमा खानेपानी तथा ढलको व्यवस्थाका लागि ४३ अर्ब रूपियाँ विनियाेजन भएको छ ।

एक हजार तीन सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनका थपिने छ । नेपालको पानी जनताको लगानीमा अरुण, तामाकोशी जलविदुत प्रकृया अघि बढाइनेछ ।
ग्रामीण विद्युतीकरणका लागि चार अर्बको विनियाेजन गरिएको छ । पचास हजार बायोग्यास निर्माण गरिने बजेटमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?