logo
२०८१ मंसिर १४ शुक्रवार



कर बुझाउने म्याद असार ७ सम्मका लागि थप

अर्थ |


कर बुझाउने म्याद असार ७ सम्मका लागि थप


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २१ गते । आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गते सम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यस अघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण बुझाउने पर्ने गरी सूचना जारी गरेकोमा करदाताबाट कोरोना सङ्क्रमणका कारण जारी लकडाउनका बेला सम्भव नहुने भन्दै विरोध भएको थियो ।
विभागले विश्वव्यापी रुपमा फैलिएको कोराना सङ्क्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण म्याद थप गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?