काठमाडौँ, जेठ २७ गते । “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
त्यसैगरी ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ सभासमक्ष पेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते अपराह्न ३ बजे बस्ने छ ।