गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १७ गते । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो । मङ्गलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपियाँ निर्धारण गरिएको छ । सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो ।