गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २५ गते । केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार पनि बढेको छ । लगातार ओरालो लागिरहेको सुनको भाउ बुधबारबाट बढ्न थालेको थियो । बुधबार बढेको सुनको भाउले बिहीबारसमेत निरन्तरता पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको भाउ तोलामा ४०० रुपियाँले बढेको हो । बिहीबार छापावाला सुन ९६ हजार ८०० रुपियाँ र तेजाबी सुन ९६ हजार ३०० रुपियाँ कारोबार भैरहेको छ ।
बुधबार सुनको भाउ तोलामा ६०० रुपियाँले बढेको थियो । बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपियाँ र तेजाबी सुन ९५ हजार ९०० रुपियाँमा कारोबार भइरहेको थियो । बिहीबार चाँदीको भाउ १० रुपियाँले बढेर तोलाको एक हजार ३२५ रुपियाँ कायम भएको थियो ।