logo
२०८१ फाल्गुन १५ बिहीवार



चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास   

अर्थ |
प्रदेश |


चाँगुनारायण नगरपालिकाको भवन शिलान्यास   
तस्विरः रासस


भक्तपुर, फागुन ४ गते ।  चाँगुनारायण नगरपालिकाले रु ४१ करोडको लागतमा वडा नं ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न नयाँ भजन निर्माण गर्ने भएको छ । यहाँको सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।    
    
नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओइसी भवन, छ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर तथा नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल रु ४१ करोड ३४ लाख, २५ हजार ३७२ को लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन तीन हजार ६४० स्क्वायरफिटमा छ तलाको हुनेछ ।    
    
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले चाँगुनारायण नगरपालिकाभित्र जनताको जग्गा अधिग्रहण गरी निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित धेरै भवन अलपत्र र खाली रहेकाले तीमध्ये केही भवन नगरपालिकालाई दिएको भए राज्यको खर्च घट्न सक्ने बताउनुभयो ।

उपयोग हुन नसकेका संरचनाको उपयोगमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँदै नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।    
    
कार्यक्रममा नगरपालिकाका प्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि रु ६० करोडको लागत घटाइएको बताउँदै आवास र अतिथिगृह भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण हुने बताउनुभयो । निर्माण हुने भवनमा ५०० जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउँदै उहाँले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताउनुभयो ।    
    
ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥याङमा बसेरसमेत काम गर्नुपर्ने अवस्था आएको र तीन वटा भवन भाडामा लिनुपर्ने समस्या नयाँ भवन निर्मणसँगै हट्ने उहाँको भनाइ थियो । विद्युत् प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिबद्धता जनाए पनि प्राधिकरणले दिन नमानेपछि बाध्य भएर नयाँ भवन बनाउनुपरेको बताउनुभयो ।     

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?